काठमाण्डौ माघ ६ गते । रातो तारा डट कम,सांसदहरुले नागरिकले दैनिक न्यूनतम ४५ लिटर गुणस्तरीय खानेपानी निःशुल्क पाउनुपर्नेमा जोड दिएका छन । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकमा सांसद खगराज अधिकारीले पानी खान पाउने मौलिक हक भएकाले पैसा तिर्न नसक्नेलाई निःशुल्क गुणस्तरीय पानीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
जो संग पानी छैन उसलाइ घरै लगेर पानी दिनुपर्छ, अधिकारीले भन्न्ुभयो । अर्का सांसद रंगमति शाहीले गाउँगाउँमा शुल्क तिरेर पानी खाने अवस्था आएको बताउदै गरिबले ऋणधन गरेरै भएपनि धारा बनाउनु परेको धारणा राख्नुभयो । सांसद गणेशकुमार पहाडीले पैसा तिर्न नसक्ने नागरिकको घरघरमा धारा पु¥याउन राज्यको अवस्थाले नसक्ने भएकाले सार्ववनिक धाराको उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै सांसद विन्दा पाण्डेले संविधानले खानेपानीको पहुँचलाई मौलिक हकको रुपमा लिएको तर निःशुल्क भन्ने नरहेको बताउनुभयो । बैठकमा खानेपनी मन्त्रालयका सचिव माधव बेल्बासेले निःशुल्क खानेपानीको व्यवस्था गर्ने हो भने देशभर ४२÷४३ हजार खानेपनी आयोजनाको सञ्चालन खर्च सरकारले ब्यहोर्ने स्थिति आउने बताउनुभयो । यस्तो अवस्था आएमा नयाँ परियोजनाहरु ल्याउन नसकिने सचिव बेल्बासेको भनाइ
छ ।
Post a Comment