Websoft University

बाह्रविसेमा बजार क्षेत्रमा निषेधाज्ञा जारी


काठमाण्डौ माघ ६ गते । रातो तारा डट कम,सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे बजार क्षेत्रमा जारी गरिएको निषेधाज्ञा आजपनि जारी रहेको छ । बाटो विस्तारका लागि घरटहरा भत्काउँदा स्थानीयले नाराजुलुश गरेपछि बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । 

स्थानीयले बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी  र तोडफोड गरेका थिए । जिल्ला प्रशासन  कार्यालय सिन्धुपाल्चोकले बिहान ८ बजेदेखि साँझ पाँच बजेसम्मका लागि अर्को व्यवस्था नभएसम्म पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी निषेधाज्ञा आदेश जारी गरेको छ ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रजज्वल महर्जनले प्रशासन कार्यालले बाह्रविसे बजारबाट पूर्वमा ३ सय मिटर, पश्चिममा भोटेकोशी खोला, उत्तरमा इलाका प्रहरी कार्यालय, बाह्रविसे नगरपालिका ४ र दक्षिणमा बाह्रविसे बजारबाट पिस्कर र क्षमादेवी जानेबाटोको सुनकोसी चोकसम्म निषेधाज्ञा जारी गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.