शिव भट्टराई,मोरङ । रातो तारा डट कम,विश्व सिमसार दिवसको अवसरमा मोरगंको सुन्दरहरैचा ५ मा रहेको हसिना सिमसार क्षेत्रमा आयोजना गरिएको महोत्वस उद्घाटनका कार्यक्रमका प्रमुख अतिथी मन्त्री भट्टराईले प्रदेस नम्बर १ धार्मिक तथा प्राकृतिक रुपमा महत्वपुर्ण पर्यटकीय क्षेत्र रहेको वताएका हुन । प्रदेश नम्बर १ प्रचुर पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेको संस्कृति पर्यटन नागरिक उड्यान मन्त्री योगेशकुमार भट्टराईले वताएका छन ।
प्रदेस नम्बर १ धार्मिक तथा प्राकृतिक विविद्यता रहेको साथै विभिन्न सिमसार क्षेत्रहरु प्रचुर पर्यटकीय सम्भावना भएका स्थानहरु रहेको भन्दै हसिना लगायतका सिमसार क्षेत्रहरुलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने मन्त्री भटटराईको भनाइ रहेको थियो । पर्यटकीय क्षेत्रको विकास र विस्तारका लागि प्रदेस तथा केन्द्रीय सरकारले समेत सहयोग पुर्याउने पर्यटन मन्त्री भट्टराईले प्रतिवद्धता जनाए ।
हसिना सिमसार क्षेत्र संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा पुर्व मन्त्री लालबाबु पंडित ,सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल ,प्रदेश सांसद राजकुमार ओझा, वार्ड नं ५ का वडाध्यक्ष राम रिजाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेश नम्बर १मा बसोवास गर्ने विभिन्न जातजातीको जातिय भेषभुषा सहितको झाँकी समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेश नम्बर १मा बसोवास गर्ने विभिन्न जातजातीको जातिय भेषभुषा सहितको झाँकी समेत सहभागिता रहेको थियो ।
Post a Comment