Websoft University

मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एशोसिएसनले प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता आयोजना गर्ने


विराटनगर । रातो तारा डट कम, मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एशोसिएसनले प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
फिटनेश एशोसिएसनले विराटनगरले आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता फायुन २४ गते विराटनगरमा हुने जानकारी गराएको हो । एशोसिएसनका अध्यक्ष अम्लेशकुमार कर्णले समाज र देशलाई कुलतबाट बचाउन अहिलेको समयमा शारीरिक सुगठनले ठूलो भूमिका खेल्ने बताए । उनले यस्ता प्रतियोगिताले हजारौँ युवालाई खेलप्रति आकर्षित गराउन सहयोग र्पुयाउने बताए ।
खेल र खेलाडीलाई प्रोत्साहन गर्न स्ट्रोङगेस्ट म्यान अफ मोरङ बेञ्च प्रेस जिल्लास्तरीय प्रतियोतिा हुने हो । खेलमा ६० किलो, ६५ किलो, ७० किलो, ७५ किलो र ८० किलोदेखि माथि तौल समूहका खेलाडीलाई सहभागी रहने आयोजकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.