काठमाण्डौ माघ १९ गते । रातो तारा डट कम निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला बी जलविद्युत आयोजनाले हिजोबाट विद्युत उत्पादन सुरु गरेको छ । लमजुङको क्वहोलाछार गाउँपालिका ५ सिन्दीबाट ६ दशमलव ६ मेगावाट क्षमताको विजुली उत्पादन सुरु भएको हो ।
सो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो । आयोजनाबाट उत्पादित बिजुली मिजुरेडाँडा सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । आजदेखि १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत उत्पादन हुनेछ ।
परीक्षण प्रसारणको अवधि सकिएपछि व्यवसायिक उत्पादन सुरु हुने बिन्दवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
Post a Comment