काठमाण्डौ फागुन १२ गते । रातो तरा डट कम,पछिल्लो समय शहर बजार र पक्की सडक पुगेका ग्रामिण बस्तीहरुमा विद्युतिय रिक्सा सुविधासँगै रोजगारीको साधनको बनेको छ । कैलालीको अत्तरियाका महिलाहरु (अटो रिक्सा) विद्युतिय रिक्सा चलाएरै रोजगार बनेकाछन् । कैलाली अत्तरियाका ईश्वरी बोहोराले विद्युतिय रिक्सा चलाउन थालेको दुई वर्ष भयो ।
उहाँले रिक्सा चलाएर दैनिक एकहजार देखि १५ सयसम्म कमाउनुहुन्छ । बेकामे भएर घरमा बस्नुभन्दा सीप सिकेर रिक्सा चलाउँदा आत्मनिर्भर बन्न सकेको उहाँको अनुभव छ । केही वर्ष यता अत्तरियामा विद्युतिय रिक्साको सङ्ख्या बढेको छ । अनि रिक्सा चालक महिलाको सङ्ख्या पनि बढेको देखिन्छ । रिक्सा चलाएर घर खर्च जुटाउन र बालबच्चा पढाउन सजिलो भएको अत्तरियाका महिमा चौधरी बताउनुहुन्छ ।
काम पाईएन भनेर विदेशिनु भन्दा आफ्नै ठाउँमा अवसर खोजनुपर्ने अत्तरियाका रिक्सा चालक महिलाहरु बताउँछन् । ७ महिनादेखि रिक्सा चलाउँदै आउनुभएका देवकी महरा नेपालमै काम प्रसस्त रहेको बताउनुहुन्छ । अटो रिक्सा अर्थात् विद्युतिय रिक्सा चलाउनेहरुले पार्किङ्को व्यवस्था गर्न सके झनै सजिलो हुने बताएका छन् । साथै विद्युतिय रिक्सा चलाउने महिलाहरुका लागि स्थानीय सरकारले केही सेवा सुविधा दिए झनै राम्रो हुने उनीहरुको भनाइ छ ।
Post a Comment