Websoft University

सुन्दरहरैचा ४ मा जेष्ठ नागरिक भवनको शिलान्यास


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरहरैचा मोरङको सुन्दरहरैचामा बृद्ध बृद्धाको लागि सामुदायिक सत्सम भवन निर्माण स्थलकोे शिलन्यास भएको छ । प्रदेश १ का पुर्व मन्त्री लालबाबु पण्डीतको मुख्य आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


उमेर ढल्किदै गएपछि बृद्ध बृद्धा एक ठाउँमा भेला भएर दुख सुख साटने एक सामुदायिक भवन स्थापना गर्न लागीएकोहो । स्थानिय बुद्धिजिबि हरुले ५२ घुर जग्गा भवन बनाउनका लागी दिएपछि करिब १ करोडमा भवन निर्माण गरीने भएको छ  सुन्दरहरैचा नगरपालिकाका १२ वडामा बृद्धा बृद्धाका लागी बिभिन्न संरचना निर्माण गर्दै आइरहेको छ ।

बृद्ध बृद्धका लागी समय काट्ने माध्यम मात्र नभई उनिहरुले जानेका शिप तथा बौधिक कुरा आउने पुस्तालाई हस्तान्तरण गर्दै लैजाने कुरामा वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ बिश्वस्त छन् ।  यस नगरपालिकाले आगामि आउने दिनमा बृद्ध बृद्धाका लागी ठुलो योगदान गर्दै लैजाने श्रेष्ठ बताउछन् । स्थानिय बासि नगरपालिका वडा को सहकार्यमा यो भवन चाडै निमाण होस भन्ने सुभकामना पुर्व मन्त्री लालबाबु पण्डीतले ब्यक्त गरेका छन् ।

हरेक वडामा बृद्ध बृद्धाकोलागी दिन कटाउने मानव निर्मीत संरचना निर्माण गर्नु पर्दछ । उनिहरुबाट आउने नया पुस्ताले पुराना सस्कृति जोगाउन पनि यस्तो सामाजिक कार्य गर्दै जानुपर्ने पण्डित बताउछन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.