Websoft University

काँग्रेसको छाया मन्त्रिपरिषदको बैठक पनि बस्यो–भ्रष्टाचारको खोजी गर्न देउवाको निर्देशन


काठमाण्डौ फागुन १२ गते । रातो तरा डट कम,नेपाली काँग्रेसको छाया मन्त्रिपरिषदको पहिलो बैठक बसेकोछ । सरकारमाथि निगरानी गर्न भन्दै जेठमा छाया सरकार बनाएको काँग्रेसले अहिलेसम्म बैठक नै राखेको थिएन । तर आज संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाका प्रमुख सचेतक, सचेतक र राष्ट्रियसभा संसदीय दलका नेतासहित मन्त्रालयगत समितिका संयोजकहरुको बैठक बोलाउनुभएको थियो । 

बैठकमा उपस्थित छाया मन्त्रीहरुले अहिलेसम्म गरेका काम कारबाहीबारे रिपोर्टिङ गरेका छन् । त्यसक्रममा कतिपयले समितिका सदस्यहरु सक्रिय नभएको गुनासो गरेका छन् भने कतिले अझै सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । पार्टी सभापति एवं संसदीय दलका नेता देउवाले मन्त्रालयहरुको भ्रष्टाचार खोज्न निर्देशन दिनुभएको छ ।  

निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो भ्रष्टाचार कति भइरहेको छ भन्ने प्रमाण हो’ सभापति देउवाले भन्नुभएको छ, यस्तो भ्रष्टाचार अरु मन्त्रालयमा पनि भइरहेको छ । त्यसको खोजी गर्नुस् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.