शिव भट्टराई, मोरग फागुन २९ गते । रातो तारा डट कम, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय अनाम नगर काठमाण्डौको आयोजनामा १ दिने स्वरोजगार सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ। मोरङको सुन्दरहरैचा स्थित सानाकिसान कृषि सहकारी संस्था दुलारीको सभाहलमा बिहीबार सम्पन्न भएको सो कार्यक्रममा न्यू नमुना बचत तथा ऋण सहकारीका अध्यक्ष फडिन्द्र पौडेलको अध्यक्षता रहेको थियो।
कार्यक्रममा सुन्दरहरैचा नगरपालिकामा रहेका अग्रणी सामुदायिक कृषि सहकारी संस्था , न्यू नमुना बचत तथा ऋण सहकारी संस्था र सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्थाका जम्मा ६० जना स्वरोजगार कर्जा लिने सेयर सदस्यहरूको सो तालिममा सहभागिता रहेको थियो।त्यसैगरी कार्यक्रममा तीन वटै सहकारीका सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा जिल्ला बचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौला , सुन्दर हरैचा नगरपालिका पशु पन्छी विभाग प्रमुख जीवन चापागाईं साथै कोषका तालिम अधिकृत नर बहादुर साउदले तालिमको सहजीकरण गरेका थिए।
Post a Comment