श्ययाम राई-उदयपुर,गाईघाट चैत २८ गते । रातो तारा डट कम,स्थानिय प्रशासनले जारी गरेको उर्दि उलङघन गरी उश्रृखल रुपमा होहल्ला गरी होली खेलेको र होहल्ला गर्दै हिडेेेको अभियोगमा पका्रउ गरीएका २१ जना मध्ये ११ जना लाई प्रहरी ले थुनामा राखेर अनुसन्धान सुरु गरेकोछ। कोरोना भाइरसको संक्रमणकोे कारण देखाउदै सरकारको निर्देशनमा स्थानिय प्रशासन ले भिडभाडमा होली खेल्न र अन्य कार्यक्रम गर्न रोक लगाए पनि त्यसको उलङघन गर्दै मादक पदार्थ सेवन गरी होली खेल्ने २१ जर्ना मंगलबार पका्रउ परेका थिए ।
प्रहरीले ५ महिला सहित १० जना लाई पका्रउ लगतै सोधपुछ गरेर रिहा गरेको थिए । होलीमा उश्रृखल गतीविधि गर्ने, मादक पदार्थ सेवन गरेर मोटरुसाईकल चलाउने लार्इ समेत पका्रउ गरेका छौ । उदयपुरका एसपि विर वहादुर मगर ले भने । कोरोना भाईरसको फैलदो संक्रमण को कारण स्थानिय प्रसासन ले भिडभाड गरेर होली खेल्न निषेध गरेको थियो ।
तर उक्त निर्णय अवज्ञा गर्दै मादक पदार्थ सेवन गरेका जमात वाट उश्रृखल तरीका ले होली खेलेका थिए । प्रहरी ले पटक पटक होली नखेल्न भने पनी अटेर गरेर होली खेलेको ले उनीहरु लाई पका्रउ गरीएको एसपि वुढा मगर ले वताए । हामीले होलीको नाममा उश्रृखल गतीविधि गर्ने लाई पका्रउ गरेर थुनामा राखेका हौ । उनले भने थप अनुसन्धान गरेर कार्यवाही अघि वढाउछौ ।
पका्रउ परेका मध्ये अधिकांस पटके कार्यवाही मा परेको व्यक्ती रहेको प्रहरी ले जनाएको छ । प्रहरी ले टा«फिक नियम उलङघन गर्ने १७ वटा मोटर ुसाईकल समेत पका्रउ गरेको छ । मादक पदार्थ सेवन गरी विना हेलमेट तिन जना चढेर मोटर साईकल चलाउने को मोटर साईकल नियन्त्रणमा लिएको टा«फिक प्रहरीले जनाएको छ । अघिल्लो वर्षको होली भन्दा यो वर्षको होलीमा भिडभाड कम देखिएको थियो ।
विश्वभर फैलदो कोरोना भाईरसको कारण यो होली विगत वर्ष भन्दा निरस रहेको त्रियुगा उधोग वाणिज्य संघ उदयपुरका अधक्ष्य गजेन्द्र भगत ले वताए ।
Post a Comment