मोहन कुमार राई-फाल्गुण २६, गते । रातो तारा डट कम,
संखुवासभा,मेलमिलाप तथा आन्तरीक निरीक्षण गर्ने उद्देश्यका साथ सर्वोच्च अदालत काठमाण्डौका वरिष्ठ न्यायधिस दीपक कुमार कार्की सहितको टोली संखुवासभाको जिल्ला अदालत चैनपुरको अनुगमन तथा निरीक्षण गरी आजै भोजपुर फर्किनुभएको छ ।
बरिष्ठ न्याधिश कार्कीले संखुवासभा जिल्ला अदालतको निर्माणाधिन भवन एवं यहाँका कानुन व्यवसायीहरुसँगको एक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेर मेलमिलाप डेक्सबाट मुद्धाहरुको छिनोफानो के कसरी हुनेगरेको छ सो को पनि जानकारी लिनुभएको संखुवासभा जिल्लाअदालतका जिल्ला न्याधिश शान्तिराज आचार्यले जानकारी दिनुभयो ।
न्यायधिश आचार्यका अनुसार धनकुटा तेह्रथुम,संखुवासभा, र भोजपुरको आन्तरिक निरीक्षण तथा मेलमिलाप केन्द्रको वस्तुस्थिति बुझ्न हिजो संखुवासभाका चैनपुर आइपुग्नुभएका वरिष्ठ न्याधिश कार्कीको टोलिमा आधादर्जन न्यायिक क्षेत्रका व्यक्तित्वहरुको समेत भ्रमण दलमा सामेल रहेको थियो ।
Post a Comment