काठमाण्डौ फागुन ३० गते । रातो तारा डट कम,हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । काठमाडौं उपत्यकमा बिहानैदेखि आकाश धुम्मिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पश्चिमी तथा मध्य भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी भूभाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना रहेको छ । भोली दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।
देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र असिनासहित हावाहुरी र वर्षाको सम्भावना रहेको छ । पश्चिमी भूभाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भूभागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र असिना सहित हावाहुरी र वर्षाको सम्भावना रहेको तथा देशको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम विद्हरूले अनुरोध गरेका छन् ।
Post a Comment