काठमाण्डौ फागुन २९ गते । रातो तारा डट कम,खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरभित्र रहेका हरेक वडालाई उज्यालो वडा घोषणा गर्ने गरि विद्युत विस्तारको काम अघि बढाएको छ । चालु आर्थिक वर्ष भित्रै बाँकी ९ ओटै वडालाई उज्यालो वडा घोषणा गर्ने लक्ष्य लिएको हो ।
जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ४ बडहरेहलाई नगरभित्रको उज्यालो घोषणा हुने दोश्रो वडामा राखेको छ । यही फागुनमा मेयर इवन राई र उपमेयर बिमला राईले एकसाथ बिजुली बत्तीको स्वीच थिचेर उज्यालो वडा घोषणा गरेको हो । वडा नं ४ बडरेमा बिद्युत विस्तार भएपछि कम्प्युटर, इमेल, ईन्टरनेट चलाउन,टेलिभिजन हेर्न, मोवाईल चार्ज गर्न, भएसँगै स्थानीयमा खुशि छाएको छ ।
बडहरेका ३ सय ११ घरमा बिजुली बत्ती बलेको छ । यसलार्ई बडहरेबासीका लागि ठुलो उपलब्धिका रुपमा हेरिएको वडाअध्यक्ष किशोर कुमार बस्नेतले जानकारी दिनुभयो । अधिकांस वडामा विद्युत पुगिसेको भएपनि विद्युतीय सामग्री अभावका कारण उज्यालो वडा घोषणा गर्न नसकिएको तर हालसम्म तिन ओटा वडामा मात्र विद्युत पु¥याउन बाँकी रहेको मेयर ईवन राइले जानकारी दिनुभयो ।
Post a Comment