Websoft University

ग्रिनल्याण्ड कलेजमा प्mलोरल डेकोरेशन एण्ड डिजाइन तालिम


विराटनगर। रातो तारा डट कम,विराटनगर–९ मा रहेको ग्रिनल्याण्ड कलेजका होटल मेनेजमेन्ट संकायमा अध्ययनरत विद्यार्थीहरुले प्mलोरल डेकोरेशन एण्ड डिजाइन एक दिने तालिम सम्पन्न गरेका छन् ।

आत्मनिर्भर बन्नकालागि प्रयोगात्मक कक्षामा सिपमुलक आकर्षक दर्जनौ फुलका बुकी बनाएका छन् । विभिन्न रंगका गोदावरी, गेडुलस, रजनिगन्धा, एरिकापाम, साइकस, मेरीगोल्ड, द्यानथस र रोज जातका फुलहरुको प्रयोग गरि कुनै प्रतिस्पर्धाकालागि राखिएका जस्तै देखिने आर्वषक र उत्कृष्ट बुकीहरु बनाएको कलेजले जनाएको छ । 

यस्ता प्रयोगात्मक कक्षाबाट आफुहरुले शिपका दक्षता हासिल गर्नुका सार्थ राष्ट्रिय तथा अन्तराष्ट्रिय  बजारमा प्रतिस्पर्धा गर्न सक्ने कक्षा ११ का विद्यार्थी छात्र सन्देश मगरले बताए । व्यवसाय सजावटका क्षेत्रमा विद्यार्थी प्रतिस्पर्धी बन्ने विश्वास विषय शिक्षिका अर्चना देवले बताइन् । विद्यर्थीको दक्षता विकाशमा कलेज विरन्तर लागि रहने कलेजका निर्देशक दिनेश दाहालले दृढता व्यक्त गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.