Websoft University

इटहरी प्रहरी द्वारा गित संगितको माध्यमबाट घर बाहिर ननिस्कन आग्रह


शिव भट्टराई सुनसरी चैत  २२ गते । रातो तारा डट कम,मानव स्वास्थ्यलाई मध्यनजर गर्दै नेपाल सरकारले मुलुकभर लकडाउनको घोषणा गरेको अवस्थामा समेत मानिसहरुले अटेर गरि रहेको समयमा सुनसरीको इटहरीमा प्रहरीलाई गित संगितको माध्यमबाट घर बाहिर ननिस्कन अनुरोध गर्न थालेको छ ।

सरकारले घोषणा गरेको लकडाउन पालना नगर्नेहरुलाई कतिपय स्थानमा बल प्रयोग गरिएको नियन्त्रण लिएको जस्ता कुराहरु प्रकासमा आइरहेको समयमा इटहरी प्रहरीले भने गित संगित मार्फत मानिसहरुलाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन संदेश दिन थालेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीले इटहरी क्षेत्रमा म्युजिक सहित गित मार्फत कोरोना लाग्ला है घर वाहिर ननिस्कौं भन्दै सचेतना अभियान सञ्चालन गरिरहेको छ । गित संगितले मानिसहरुको मन मस्तिकलाई परिवर्तन गर्न सक्ने तर्फ मध्यनजर गर्दै आफु र अरुको स्वास्थ्यमा गम्भीर बन्न गित संगितबाट सेचतना अभियान सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारी वताउछन ।

मानिसहरुको मन मस्तिकमा चाँडो प्रभाव पर्ने , गित संगित मानिसहरुले छिटो बुझ्ने भएकोले गित संगितको माध्यमबाट सचेतना फैलाउने काम गर्न थालेको प्रहरी नायव उपरिक्षक भण्डारीले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.