Websoft University

राहत नपुगेको भन्दै स्थानीयको विरोध, भोलि थप राहत वितरण गरिने


शिव भट्टराई, मोरङ,चैत,२३ गते । रातो तारा डट कम,सुन्दरहरैंचा–३ मा राहत नपुगेको भन्दै स्थानीयको विरोध, भोलि थप राहत वितरण गरिंदै

लकडाउनको अवस्थामा समस्यामा परेका विपन्न परिवारलाई राहत बाँड्ने क्रममा मोरङको सुन्दरहरैंचा–३ स्थित आइतबारे क्षेत्रमा राहत नपुगेको भन्दै स्थानीयबासीले विरोध जनाएका छन् ।

सुन्दरहरैंचा नगरपालिकाले दिएको राहत लिएर सुन्दहरैंचा–३ का वडाध्यक्ष जीवन ढुंगानासहितको टोली स्थानीय आइतबारे हटिय क्षेत्रमा पुगेर राहत वितरण गर्ने क्रममा स्थानीयले विरोध जनाएका हुन् । उनीहरुले एकैपरिवारका धेरै जनाको नाममा राहत बाँडिएको तथा केही विपन्न परिवारहरु छुटेको भन्दै विरोध जनाए । 

वडाध्यक्ष जीवन ढुंगानाले आज वडाको गछिया पुल मुनी र आइतबारेमा राहत बाँडिएकोमा सबैलाई राहत नपुगेकाले आइतबारे क्षेत्रमा स्थानीयले विरोध गरेको जानकारी दिनु
भयो । आज नगरले १ सय ५० जनालाई मात्र राहत उपलब्ध गराएकाले समस्या भएको बताउँदै उहाँले भोलि नगरले थप राहत पठाउने भएकाले त्यसपछि पुनः वितरण गरिने जानकारी दिनुभयो । उहाँले स्थनीय तहले प्रदान गरेको राहतले नपुग्ने भन्दै संघीय सरकारले समेत स्थानीय तहमार्फत राहत प्रदान गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भोलि थप ३ सय ५० परिवारलाई पुग्ने राहत आएपछि रेडक्रश बस्ती, नयाँ बस्ती, बरमनीया, शेशमनारायण खाप लगायतको ठाउँमा राहत बाँडिने समेत जनाकारी दिनुभयो ।  प्रत्येक वडामा ४ सय परिवारलाई राहत वितरण गर्ने योजना अनुसार सुन्दरहरैंचा नगरपालिकाले पहिलो चरणमा १५० जनालाई पुग्ने गरि २० केजी चामल, १ केजी नुन र १ केजी दाल राहत स्वरुप वडालाई हस्तान्तरण गरेपछि राहत वितरण सुरु गरिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.