Websoft University

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म थप्ने निर्णय लिएको हो


काठमाण्डौं बैशाख २ गते । रातो तारा डट कम,सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म थप्ने निर्णय लिएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट लगाएको लकडाउन तेस्रो पटक थपिएको हो । देशका विभिन्न ठाउँमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढिरहेका बेला लकडाउन अवधि १२ दिन थप गरिएको हो ।

बैठकले बैशाख १८ गतेसम्मका लागि सीमानाका बन्द नै राख्ने निर्णय गरेको छ । सुरुमा एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको हो । वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिनलाग्दा थप गरिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.