Websoft University

त्रिविले वैशाख र जेठमा तय गरेका सबै परीक्षा स्थगित गर्यो



काठमाण्डौ चैत २९  गते । रातो तारा डट कम,त्रिभुवन विश्वविद्यालयले आगामी वैशाख र जेठका लागि तय भएका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको विश्वविद्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ । वार्षिक परीक्षा प्रणालीअनुरुप २०७७ साल वैशाख र जेठमा सञ्चालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षाशास्त्र सङ्कायतर्फका ४ वर्षे बीएस्सी, बीबीएस, र बीएड चौथो वर्षका नियमित तथा आङ्शिक परीक्षा स्थगित गरिएको छ । यसअघि विश्वविद्यालयले चैत महिनाका लागि तय भएका सबै परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.