बेलबारी मोरङ बैशाख १४ गते । रातो तारा डट कम,करुणा फाउन्डेसन नेपालले मोरङका स्थानियतहहरुलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ ।
आज आइतवार मोरङको बेलबारीमा ५ स्थानिय तहलाइ सामाग्रिहरु बुझाएको छ । बेलबारी, पथरी शनिश्चरे, उर्लावारी मिक्लाजुङ, तथा केरावारी लाई ।
पिपिई सेट,थर्मगन, मास्क, गोल्बस, सेनेटाईजर डिटोल साबुन लागयतका सामाग्रिहरु करुणा फाउन्डेसन नेपालका प्रमुख ब्यबस्थापक कमल कोइरालाले बुझाएका छन ।
स्थानियतहरुमा खटने स्वास्थ्यकर्मीहरुलाई कोरोना सँग जुध्न सहज होस भन्ने उदेश्यका साथ स्थानियतहरुलाई हस्तान्तरण गरीएको कोइरालाले बताए ।
विपदको घडीमा सहयोग गर्ने करुणा फाउन्डेसनलाई बेलबारी नगरपालिकाका प्रमुख सुवेदीले धन्यवाद ज्ञापन गरेका छन ।
Post a Comment