Websoft University

पूर्ण स्वास्थ्य सामाग्री उपलब्ध नहुँदा उपचार गर्न कठिन: डा.विपेश आचार्य


शिव भट्टराई मोरङ चैत २८ गते । रातो तारा डट कम,महामारीको रूपमा फैलिएको कोरोना भाईरसले आक्रान्त भएको अवस्थामा कोरोना भाईरसको संक्रमणका कारण भन्दा पनि उपचार नपाएर अरु बिरामीहरूको मृत्यु हुने गरेको छ।

यसै क्रममा पूर्वाञ्चल भरी रहेका अस्पतालहरूको अनुगमन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका निर्देशक साथै नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा विपेश आचार्य झापामा रहेका विभिन्न अस्पताल पुगेका छन्। प्रदेश नं १ मा रहेको
मेची अञ्चल अस्पताल भद्रपुर, कनकाई अस्पताल बिर्तामोड ,मनमोहन अस्पताल बिर्तामोड ,विर्ता सिटी अस्पताल लगायत अन्य अस्पतालमा रहेका चिकित्सक साथै बिरामीहरूको अवस्थाको बारेमा बुझ्दा त्यहाँका चिकित्सकहरूले निकै गुनासो गरेका छन्।

अनुगमन गर्ने क्रममा मेची अञ्चल अस्पाताल भद्रपुरका मेडिकल अफिसर सुजन काफ्ले ले आफूले लगाएको मास्क एउटै दुई हप्ता सम्म धोएर  लगाउने गरेको र पिपिई जस्ता कोरोना उपचारका लागी चाहिने अरु उपकरणहरू पूर्ण रुपमा उपलब्ध नभएको गुनासो गरेका थिए।उक्त अस्पतालमा कोरोना को आशंका गरिएका मात्रै नभएर सबै खालका बिरामीहरूलाई उपचार गरिरहेको उनले जानकारी गराएका थिए।

सम्पूर्ण अस्पतालको अनुगमन पछि डा आचार्यले अस्पतालमा
चिकित्सकहरु बिरामीहरूको लागि रात दिन खटिरहेको तर राज्यले भने अनुसारको स्वास्थ्य सामाग्रीहरूको कमी देखिएकोले यदि राज्यले छिटो भन्दा छिटो पूर्ण रूपमा स्वास्थ्य सामाग्री उपलब्ध गराए डाक्टर साथै नर्सहरुले जस्तो सुकै परिस्थितिमा पनि डटेर काम गर्ने विश्वास दिलाएको बताएका थिए।

डा आचार्यले प्राइभेट अस्पताल नचलेको भन्ने हल्ला गलत छ र सबै अस्पताल पूर्ण रूपमा चलिरहेको त्यसैगरी अस्पतालमा आएका कोरोना को आशंका गरिएका साथै अरु बिरामीहरूको सहित सम्पूर्ण उपचार भइरहेको बताएका छन्।त्यस्तै उनले हल्लाको पछाडि नलागी यदि साच्चै कुनै अस्पतालले गलत ढंगले काम गरिरहेको छ भने त्यस्ता अस्पतालहरुलाई कारबाही गर्न आग्रह गर्दै सहि ढंगले काम गरिरहेको अस्पतालहरुलाई पुरस्कृत गरेर चिकित्सकहरूको मनोबल उच्च राखिदिन आग्रह गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.