Websoft University

पोखरा- सरकारी राहात बाढ्दा पोखरामा लफडा, रुदै सडकमा आए पीडित


काठमाडौ चैत २५ गते । रातो तारा डट कम,पोखरा -कोरोना भाईरसका कारण विश्व माहानमारी फैलिएपछि सरकारले लकडाउनको घोषणा गरेको छ ।

बैशाख ३ गते सम्म लकडाउन जारी छ तर सरकारले जनताका लागी बितरण गर्ने भनिएको राहतमा भने जनताले दुखेसो पोखेका छन् । पोखरा महानगरपालिका ७ का बासिन्दाहरुले राहात नपाएकोमा सडकमै आएर चर्को बिरोध गरे । 

पोखरा ७, तिनकुने टोलका मानिसहरुले राहत बितरण गर्दा आफू खुसी, चिनेजानेकोलाई बितरण गरेको आरोप समेत लगाए । तीनकुने टोल विकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठले भने वडा कार्यालयको गल्तीका कारण सबैले राहात नपाएको बताए ।आफूले १०७ जनाको नाम पठाएको तर ५६ जनाले मात्र राहात पाएको बताए ।

यता पोखरा ७ का अध्यक्ष रामचन्द्र बराल भने टोलविकास कै नामका आधारमा बितरण गरिएको बताए । हेर्नुहोस् यो स्थलगत रिपोर्ट । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.