Websoft University

पाँच जनाको परिक्षण रिपोर्ट नेगेटिभ आयो


गाईघाट, २३ चैत,श्याम राई÷उदयपुर,कोरोना भाईरसको आशंका गरिएको उदयपुरको पाँच जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।कोरोना भाईरसका विरामी आशंका गरिएका नौ जना मध्ये अन्य चार जनाको रिपोर्ट आउन बाकी रहेको जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । 

विदेसबाट आएका त्रियुगा नगरपालिका–४, बेलका नपाका–१ र लिम्चुङबुङ गाउँपालिकाका–४ जनागरि ९ जनाको स्वाब परिक्षणको लागि धरानस्थीत विपि स्वास्थ्य प्रतिष्ठान पठाईएको थियो ।‘ लिम्चुङबुङ गाउँपालिकाका बाहेक अन्य सबै विरामीको रिपोर्ट नेगेटिभ आएको छ ।’ प्रमुख सुवेदीले बताए ।

 उनले जिल्ला भरि क्वारेन्टाईनमा बस्नेको संख्या २ सय ४५ पुगेको बताए । बेलका नगरपालिकामा १ सय ५९, त्रियुगा नपामा ७९ र ताप्ली गाउँपालिकामा ७ जना रहेकाछन् ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.