Websoft University

राष्ट्रपतिले गरिन सबैलाई साथ दिन र सहयोग गर्न आह्वान


काठमाडौ चैत २१ गते । रातो तारा डट कम,राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सबैलाई आह्वान गरेकी छन्।

राष्ट्रका नाममा शुक्रवार साँझ सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोनाभाइरसबाट जोगाउन सकिने भएकाले सबैले त्यसमा ध्यान दिन आवश्यक रहेको बताइन्।

जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै नेपाल सरकारले पूरै देशमा लकडाउन गरेको हो भन्दै उनले सतर्कता नअपनाइए सङ्क्रमण फैलन सक्ने उल्लेख गरेकी छन्।

लकडाउनले मानिसहरूको दैनिक जीवनमा ुकेही अप्ठ्याराु सिर्जना भए पनि सबैलाई आफ्नो मात्र नभई आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन यस बेलामा संयमित भएर घरबाहिर ननिस्कन पनि राष्ट्रपतिले आह्वान गरिन्।

छैटौँ नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि
नेपालमा पाँचौ व्यक्ति कोरोनाभाइरस सङ्क्रमित भएको पुष्टि
उनले भनिन्, ूआ(आफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ।ू

नेपालमा बाहिरबाट सङ्क्रमित भई आएकाहरूलाई पत्ता लगाएर उपचार गरिएको अवस्था भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाल सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र फैलन नपाएको बताएकी छन्।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.