Websoft University

नगरले पठाएको राहत नबाँड्न वडाध्यक्षलाई लेटाङका मेयरको निर्देशन, राहत कुरेर बसेकाहरु रित्तो


शिव भट्टराई,मोरङ चैत २४ गते । रातो तारा डट कम,
लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मेयरले राहत नबाँड्न निर्देशन दिएपछि राहत लिन पर्खिएका विपन्न परिवार रित्तो हात घर फर्कन बाध्य भएका छन् । लेटाङ नगरपालिका वडा नम्बर १ मा नगरपालिकाले वडामार्फत प्रदन गर्ने राहत लिन पर्खिएकाहरु नगर प्रमुखले राहत नबाँड्न भन्दै वडाध्यक्षलाई निर्देशन दिएपछि खाली हात घर फर्कन बाध्य भएका हुन् । 

लेटाङ नगरपालिकाले विभिन्न वडालाई राहत वितरण गर्न भनि आइतबार राहत सामाग्री प्रदान गरेपछि वडा नम्बर १ ले आइतबार नै राहत वितरण गर्ने भनि विपन्न परिवारका प्रतिनिधिलाई भेला गराइ राहत लिएर गएको अवस्थामा मेयर शंकर राईले आज राहत नबाँड्न भनि दिर्नेशन दिएकाले रित्तो हात घर पठाउन बाध्य हुनु परेको लेटाङ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष विष्णुकुमार मगरले जानकारी दिनु
भयो । “मेरो वडा निकै ठूलो भएको र पहाडी भुभाग भएकाले राहत बाँड्न धेरै दिन लाग्छ, मैले आजै तुर्के, देउराली, भलुवा लाखबाट राहत बाँड्नलाई टोल समितिलाई खबर गरेर मान्छेहरु भेला गरिसकेको थिएँ ।” 

वडाध्यक्ष मगरले भन्नुभयो, “एकपटक मेयरसावलाई सोध्नु पर्यो भनेर फोन गरेको अलिक त्यस्तै तरिकाले आज नबाँड्नु भन्नुभयो, त्यसपछि मैले केही सोधिन ।” उहाँले राहत लिन बोलाइएका विपन्न परिवारलाई खाली हात फर्काउनु पर्दा उनीहरुले आक्रोश व्यक्त गरेको भन्दै के कति कारणले रोक लगाइएको हो स्पष्ट नभएसम्म राहत बाँड्न नसक्ने बताउनुभयो । 

“ट्याक्टरमा लोड गरेर लगिएको राहत आज नबाँड्नु भन्दै मेयरले निर्देशन दिनुभयो, लगिएको राहत अनलोड गरेर राख्नु पर्यो उता राहत लिन आएका परिवारहरु चाहिं भोकभोकै बस्नुपरेको छ ।” वडाध्यक्ष मगरले भन्नुभयो । मेयरले राहत नबाँड्न भनेपछि आफुले लेटाङ–२ का शम्भू अधिकारीको घरमा राहत सामाग्री राखेर फर्कनु परेको उहाँले जानकारी दिनुभयो ।  

यता सोही विषयमा बुझ्न खोज्दा मेयर शंकर राईको नगरपालिकाको आधिकारीक मोवाइल स्विच अफ गरिएको छ भने उहाँको अर्को नम्बर परिवारकै अन्य सदस्यले उठाउँदै मेयर राई मिटिङमा हुनु भएको जानकारी गराइएको छ । 

राहत लिन आएकाहर रित्तै फर्कन बाध्य 
वडाले राहत लिन बोलाएपछि लेटाङ नगरपालिका वडा नम्बर १  भलुवा लाखमा आएका स्थानीय नरबहादुर विक रित्तो हात घर फर्कन बाध्य हुनुभयो । बनिबुतो गरेर २ जनाको परिवार पाल्दै आएका नरबहादुरलाई लकडाउनका कारण काममा निस्कन नपाएपछि साँझ विहानको छाक टार्न नै समस्या हुने गरेको छ । 

वडाले राहत दिने भनेर बोलाएपछि खुशी भएका नरबहादुर राहत नबाँड्ने भनेर घर फर्काएपछि निराश हुनुभयो । वडा नम्बर १ कै तुर्केमा राहत लिन भेला भएकाहरुको भीडमा हुनुहुन्थ्यो अर्का डम्बर बहादुर राई । ज्यालादारी काम गरेर चार जनाको परिवारको गुजारा चलाउँदै आउनु भएका राई पनि लकडाउनका कारण खाद्यान्नको समस्या भएका बेला वडाले राहत बाँड्ने भन्दै खबर गरेपछि टोल विकासले भनेको ठाउँमा भेला हुनुभयो ।

 तर अन्त्यमा आज राहत नबाँडिने भन्दै खबर गरेपछि राईका आँखा पनि रसाए । डम्बरबहादुर जस्तै तुर्के कै तारा राई पनि राहतको पर्खाइमा हुनुहुन्थ्यो । तर नगर प्रमुखले राहत नबाँड्न निर्देशन दिएसँगै ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनु भएकी राई पनि रित्तो हात घर फर्कन बाध्य हुनुपर्यो ।  

लेटाङ–८ मा भने आजै बाँडियो राहत 
लेटाङ नगरपालिका वडा नम्बर १ मा नगर प्रमुखले नबाँड्न निर्देशन दिएसँगै राहत वितरण कार्य रोकिएकोमा यता वडा नम्बर ८ मा भने आइतबार विपन्न परिवारलाई राहत वितरण गरिएको छ । लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले रातह वितरण कार्यको सुरुवता गर्नु भएको थियो । वडा नम्बर ८ मा रहेका २ सय ८२ परिवारलाई राहत वितरण गर्ने योजना अनुसार आइतबारदेखि राहत वितरण सुरु गरि २ सय ७ परिवरलाई वितरण गरिएको छ । वडा नम्बर ८ मा पनि आइतबार नै नगरपालिकाले राहत पठाएको थियो । 

वडा–वडाबीच फरक व्यवहार गरिएकोमा नेकपाको आपत्ति
यसैबीच नेपाल कम्युनिष्ट पार्टी लेटाङले वडा नम्बर १ मा नगर प्रमुखले राहत वितरण कार्य रोकेकोमा आपत्ती जनाएको छ । नेकपा लेटाङका अध्यक्ष कृष्ण लम्सालले आजै राहत लगिएको वडा नम्बर ८ मा राहत वितरणमा रोक नलगाइनु र वडा नम्बर १ मा रोक लगाइएको भन्दै आपत्ती जनाउनु भयो ।

नगर प्रमुख राईले राजनीतिक सोचबाट प्रेरित भएर नेकपाबाट विजयी भएका वडामा रोक लगाएको र नेपाली कांग्रेसबाट विजयी भएका वडाध्यक्ष भएको वडामा छुट दिएर नगर प्रमुखले राजनीति गर्न खोजेको उहाँको भनाइ छ । विपद् व्यवस्थापन समितिमा भएको निर्णय अनुसार चैत्र २१ गते वा २२ गतेभित्र राहत वितरण सुरु गर्ने भनिएकोमा नगरपालिकाले ढिलाइ गरेकोमा समेत उहाँले आपत्ति जनाउनुभयो । 

यसअघि नै राहत वितरण सुरु गर्नुपर्नेमा ढिलो गरि वडालाई राहत पठाइएको अवस्थमा समेत पुन राहत नबाँड्न भन्दै रोक लगाइनु आपत्तीजनक भएको उहाँको भनाइ छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.