Websoft University

कोभिड १९ उपचार केन्द्रलाई आईसीयु वेड हस्तान्तरण


विराटनगर ३० चैत । रातो तारा डट कम,प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई राउण्ड टेवलले आईसीयु वेड हस्तान्तरण गरेको छ । विराटनगर राउण्ड टेवल नम्वर ५ र काठमाण्डौं मेट्रो राउण्ड टेवल नम्वर ४ ले संयुक्त रुपमा २ वटा आईसीयु वेड प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिएको छ । 

विराटनगर राउण्ड टेवल नं. ५ का अध्यक्ष अश्विनी वंशलले करिव २ लाख वरावरको दुईवटा वेड मन्त्री घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो । आईसीयु वेड ग्रहण गर्दै मन्त्री घिमिरेले विभिन्न अस्पतालबाट वेडहरु ल्याएर सेवा शुरु गरिएपनि अहिले विभिन्न दातृ संस्थाहरुबाट उपचार केन्द्रका लागि सहयोग जुट्दै गएको बताउनुभयो । 

अन्य स्वास्थ्य संस्थाहरुबाट ल्याईएका वेडहरु फिर्ता गरिदै लैजाने पनि उहाँले बताउनुभयो । आईसीयु वेड हस्तान्तरण कार्यक्रममा लायन्स क्लव ३२५ ए वानका सेकेण्ड भाईस डिष्ट्रिक गर्भनर रेवतबहादुर कार्की, कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रा लगायतको उपस्थित रहेको थियो । 

यस अघि कोभिड १९ उपचार केन्द्रलाई प्रदेश १ का विभिन्न गैरसरकारी संस्थाहरुले १३ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । झापा चारपानेको साहारा नेपालले  उपचार केन्द्रमा बस्ने स्वास्थयकर्मी, कर्मचारी, सुरक्षाकर्मी उपचार गराउन आउन सक्ने बिरामीका लागि भनेर चार लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.