Websoft University

सुशिलको कोरोना सम्बन्धी जनचेतनामुलक गीत सार्वजनिक


शिव भट्टराई,मोरङ चैत  २४गते । रातो तारा डट कम,कोरोना भाइरसले यतिबेला संसारलाइ नै आतंकित बनाइरहेको छ । संसारलाइ आतंकित बनाएको बेला नेपालमा पनि  यस भाइरसको संक्रमण बढ्दै गएको छ।डिसेम्बर ३० २०१९ मा चाइनाको वुहान प्रान्तबाट सुरु भएको  यस भाइरसले त्यस पस्चात सिंगो बिश्वलाइ नै आक्रान्त बनाइरहेको छ।

हाल सम्म विश्व भरीमा यस भाइरसको संक्रमण १,२८२,३६५ जनालाइ भेटीएको छ भने यस मध्ये ७०,१८२ जनाको मृत्यु भैसकेको छ र भने २६९,484 जनालाइ पुर्ण रुपमा निको भैसकेको छ,साथै ८९६,६८८ जनाको सामान्य अवस्थामा रहेका छ्न ।

यस भाइरसले नेपालमा पनि दोस्रो चरणमा प्रबेस गरि  हाल सम्म ९ जनालाई लागेको छ र १ जनाको पुर्ण रुप मा निको भैसकेको अवस्था छ।

इटहरिका नव गायक सुशील भट्टराईले यस घटनामा आधारीत जनचेतनामूलक गित युट्युब मार्फत बजारमा सर्बजनिक गरेका छन्। गित मार्फत उनले उक्त भाइरसलाइ तेस्रो बिश्वयुद्दको उपनाम दिएका छन्।उनले गित मार्फत आर्थिक रुपमा सम्पन्न साथै सरकारलाइ पनि सहयोग गर्न आग्रह गरेका छन्।

उनको यस अघि पनि दर्जनौ गितहरु बजारमा आइसकेका छन् भने सम्पुर्ण गितहरु  सामाजिक घटना क्रम लाई समेटेर पुर्बेली गित संगित प्रती योगदान पुर्याउने समेत खालका रहेका छन,  उक्त गितमा एरेन्ज र स्वर गायक स्वयं को रहेको छ भने शब्द गायक सुशील भट्टराई, संगितकार रुद्र श्रेष्ठ र मनमाया खड्काले लेखेका हुन् ।यस गितले सम्पुर्ण वर्गमा जनचेतना फैलाउन सहयोग गर्ने नवगायक सुशीलले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.