Websoft University

प्रदेश १ का स्वास्थ्यकर्मीलाई नि:शुल्क सिमकार्ड वितरण गरिने


विराटनगर, वैशाख २ गते । रातो तारा डट कम, प्रदेश १ का स्वास्थ्यकर्मीका लागि नि:शुल्क सिम कार्ड वितरण गरिने भएको छ । 

एनसेल विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरि आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सिमकार्ड उपलब्ध गराएको छ । ६ हजार ३ सय युरो सिम उपलब्ध गराएको एनसेल विराटनगर शाखाका प्रमुख चाँदबाबु इराकीले जानकारी दिनुभयो ।

कोरोना भाईरस (कोभिड) १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि सिमकार्ड उपलब्ध गराएको उहाँले बताउनुभयो । उहाँका अनुसार सिमकार्डमा जेठ सम्मका लागि व्यालेन्स उपलब्ध गराइएको छ ।

स्वास्थ्यकर्मीलाई रिचार्ज गर्न समस्या नहोस् भनेर व्यालेन्स सहितको सिमकार्ड दिईएको उहाँले बताउनुभयो । एनसेलबाट प्राप्त सिमकार्ड ग्रहण गर्दै मन्त्री घिमिरेले तीन दिन भित्रमा सवै स्वास्थ्य कार्यालयमा पुग्ने गरि सिम पठाईने बताउनुभयो ।

स्वास्थ्य कार्यालय मार्फत वितरण हुनेगरि सिमकार्ड जिल्ला जिल्लामा पु¥याईने उहाँले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.