Websoft University

लुटपाटमा संग्लग्न ७ जना पक्राउ


भोजपुर, चैत्र २६ गते । रातो तारा डट कम,भोजपुरको आमचोक गाउँपालिका ९ रुक्सेमा खाद्यान्न बोकेको ट्याक्टरलाई रोकेर नगद लुटपाट गरेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

सोमवार राती पौने ९ बजेको समयमा भोजपुरको रानीटारबाट खाद्यान्न बोकेर बालंखा तर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई रोकेर ट्याक्टर चालकको साथमा रहेको नगद २१, ५०० लुटपाट गर्ने आमचोक गाउँपालिका-८ का ३२ बर्षीय लोक बहादुर खत्री, १७ बर्षीय प्रमोद खत्री, १९ बर्षीय पदम श्रेष्ठ, १७ बर्षीय मनिष श्रेष्ठ, १६ बर्षीय निशान तामाङ, ३० बर्षीय ठकुन तामाङ र १८ बर्षीय देवराज तामाङलाई मंगलवार दिउँसो गाउँघरबाट नै पक्राउ गरेको हो ।

पक्राउ परेका ७ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.