Websoft University

सुन्दरहरैंचामा मल अभाव, घण्टौं लाइन लाग्दा समेत पर्याप्त मल नपाएको कृषकको गुनासो


शिव भट्टराई,मोरङ बैशाख १२ गते । रातो तारा डट कम,लकडाउनका कारण मल अभाव हुँदा मोरङको सुन्दरहरैंचाका पसलमा किसानहरुको भिड लागेको छ । एकतर्फ किसानहरुले भने जति मल पाएका छैनन् भने अर्कोतर्फ पसलहरुमा भीड बढ्दा कोरोना संक्रमणको जेखिम बढेको छ ।  

मोरङको सुन्दरहरैंचास्थित सलकपुरमा रहेको पाभिथरा भेटेनरीमा शुक्रबार बिहानैदेखि किसानहरुको भीड लाग्यो । लकडाउनका कारण घरमै बसेका किसानहरु मल विक्री गर्ने थाहा पाएपछि शुक्रबार बिहान ५ बजेदेखि नै पसल अगाडी भेला भएका थिए । कोरोना संक्रमणको जोखिम रहेको बेला सामाजिक दुरी कायम गर्नुपर्ने अवस्थामा मल लिन भेला भएकाहरुको भीड बढेपछि कोरोना संक्रमणको जोखिम समेत देखिएको थियो । यसरी  सयौं मानिसको भिड लगेपछि सशस्त्र प्रहरी सलकपुरले भिडलाई व्यवस्थित गरि सामाजिक दुरी कायम गराएर लाइन लगाएको थियो । 

अगुवा मकै तथा अगुवा धान बालीमा लगाउने मल किन्न सुन्दरहरैंचास्थित सलकपुरमा रहेको पाभिथरा भेटेनरीमा किसानहरुको भीड लागेको हो । भिडाम–भीडकाबीच लाइनमा बसेका किसानहरुले भने जति मल समेत पाउन सकेनन् । अधिकांश किसानलाई हाल युरिया मल चहिएकोमा व्यापारीले डिएपी नबिक्ने भन्दै सुरुमा डिएपी समेत लैजानु पर्ने भनेर युरिया मात्र विक्री गर्न मानेनन् । 

त्यसपश्चत कृषकहरुले विरोध गर्न थालेपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा हाललाई युरिया मात्र बिक्रि गर्ने समझदारी गरियो । सुरुमा डीएपी खरिद नगरे युरिया विक्री नगर्ने अडान लिएका व्यापारीले जनप्रतिनिधले आग्रह गरेपछि प्रति किसान १० केजीका दरले युरिया वितरण गरे ।  तर किसानहरुले भने १० केजी मात्र युरिया पर्याप्त नभएकाले समस्या भएको गुनासो गरेका छन् । 

यता भेटेनरीका सञ्चालक योगेन्द्र भट्टराईले भने लकडाउनका कारण साल्ट ट्रेडिङ र कृषि सामाग्री संस्थामा मल अभाव भएकाले सोही अनुसार घटाएर सिमित मात्र उपलब्ध हुने गरेकाले मलको अभाव भएको बताउनु भएको छ ।  लकडाउनका कारण सिमित मात्र पठाएकाले सोही अनुसार किसानहरुलाई खटाएर विक्री गरिरहेको उहाँको भनाइ छ ।

यतिबेला युरिया मलको बढी माग भएकाले आफुलाई उपलब्ध भए अनुसार १० केजीका दरले किसानहरुलाई वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । एकातर्फ किसानहरुले लकडाउनका कारण सहजरुपमा कृषि कर्म गर्न पाइरहेका छैनन् भने मल विउ लगायतको अभावका कारण झन् समस्या भएको छ । तसर्थ भविश्यमा हुन सक्ने खाद्य संकटलाई मध्यनजर गरेर खाद्यान्न उत्पादनमा लागेका किसानलाई आवश्यक मल विउ उपलब्ध गराउनेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.