Websoft University

नारायणी अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द


काठमाण्डौ २०७७ साल बैशाख १ गते । रातो तारा डट कम, पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालमे  उपचाररत तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पताल प्रशासनले आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । नारायणी अस्पतालको आइसोलेसनमा हिजो  साँझदेखि राखिएका तीन जना भारतीय नागरिकमा कोरोना भएको पुष्टि भएको छ । यससँगै अस्पतालमा उपचारका लागि आउने अन्य विरामीहरुलाई समेत सङ्क्रमणको खतरा रहने भन्दै बहिरङ्गसहित सबै विभागहरु अनिश्चितकालका लागि बन्द गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.