Websoft University

नरेशकुमार श्रेष्ठले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघका गम्भीर ध्यानाकर्षण भएको छ



काठमाडौ चैत  २६ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारको विषयलाई लिएर नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघका गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ खोटाङ शाखाका अनुसार चैत्र २३ गते प्रभाव न्यूज डटकमर्मा क्वारेन्टिनमा मानिस राख्न कांग्रेस सभापतिको अवरोध’ शीर्षकमा समाचार प्रकाशित भएपछि सभापति श्रेष्ठले सचिव चौलागाईलार्ई पैसामा बिकेर समाचार लखेको, भेटघाटमा राम्रै चिनजान हुन्छ’ भन्ने जस्ता शब्द प्रयोग गरी धम्क्याएका थिए ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र पद्धति छ । त्यसलाई बेवास्ता गर्दै प्रमुख दलका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यस किसिमले धम्क्याउनु आफैंमा निन्दनीय र दुःखद् विषय हो । महासंघ यो घटनाको भत्र्सना गर्दै पत्रकारलाई स्वतन्त्र एवं निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न र पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गर्दछ ।

साथै, कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारलाई सही र सहजढंगबाट सूचना उपलब्ध गराउन र सघाउन सम्बन्धित सबैमा  प्रेस विज्ञप्ति मार्फत आग्रह गर्दछ ।
रमेश विष्ट
महासचिव


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.