Websoft University

नेपाल औषधी लिमिटेडले स्यानीटाइजरको बिक्री सुरु


काठमाण्डौ चैत २६ गते । रातो तारा डट कम,सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले स्यानीटाइजरको बिक्री सुरु गरेको छ । लिमिटेडले विश्व स्वस्थ्य संगठनको मापदण्डमा रहेर बजारमा दैनिक २० हजार बोत्तल स्यानिटाइजरको बिक्री सुरु गरेको हो । बजारको अभाव चिर्न उच्च गुणस्तरको स्यानिटाइजर उत्पादन गरेर बजारीकरण सुरु गरिएको लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले जानकारी दिनुभयो ।

बजारमा स्यानिटाइजरको अभाव देखिएपछि लकडाउन अवधिमा पनि मेहनेतसाथ कच्चा पदार्थ खोजेर स्यानीटाइजर बनाइएको उहाँले बताउनुभयो । विदेशबाट आयात भएका स्यानिटाइजरको कालोबजारी सुरु भएपछि नेपाल औषधी लिमिटेडले उद्योग मन्त्रालय र औषधी व्यवस्था विभागसँग छलफल गरेर उत्पादन थालेको हो । हिजोदेखि एक सय एमएलको बोत्तलमा दैनिक २० हजार बोत्तल स्यानिटाइजर उत्पादन भइरहेको लिमिटेडले जनाएको छ ।

एकसय एमएलको बोत्तलको होलसेल मूल्य एक सय ५० रुपैयाँ र खुद्रा बिक्री मूल्य एक सय ७५ रुपैयाँ तोकिएको छ । त्यस्तै ठूलो जार, भाँडोमा वा ग्यालिनमा लानेका लागि प्रतिलिटर १२ सय ५० रुपैयाँका दरले बिक्री सुरु गरिएको छ । बरबरमहलमा रहेको प्रधान कार्यालयबाट सर्वसाधारणले पनि चाहेजति स्यानीटाइजर किन्न सक्ने लिमिटेडले जनाएको छ । दैनिक एक सय कर्मचारी स्यानिटाइजर उत्पादनमा खटेको र बजारमा स्यानिटाइजरको कुनै अभाव हुन नदिने लिमिटेडको दाबी छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.