Websoft University

रेडियोबाटै तयारी कक्षा सुरु



काठमाण्डौ बैशाख ३ गते । रातो तारा डट कम,सिन्धुपाल्चोकमा रहेको रेडियो सिन्धुले एसईई परीक्षार्थीलाई लक्षित गर्दै रेडियोबाटै तयारी कक्षा सुरु गरेको छ ।  हरेक दिन विहान  ११ बजे सदरमुकाम चौतारामा उपलब्ध शिक्षकहरुले रेडियोको स्टेशनमा आएर कक्षा संचालान गर्ने रेडियोका स्टेशन प्रमुख रत्नप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । अहिले एसईई परीक्षाको पर्खाइमा रहेका विद्याथीका  लागि छुट्टाछुट्टै कक्षा सुरु गरिएको हो ।  एसईई विषेश रेडियो कक्षामा मुख्य विषयहरु अँग्रेजी, गणीत, विज्ञान, नेपाली र सामाजीक विषय समेटेर शिक्षकले रेडियोमार्फत पढाउने गरी कक्षा सुरु गरिएको कृष्ण रत्न गंगा माध्यमिक विद्यालयका प्रध्यानध्यापक ध्रुवलाल श्रेष्ठले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.