Websoft University

उदयपुरमा काठ तश्करी बढेसँगै राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लाग्न शुरु


श्याम राई÷उदयपुर,गाईघाट चैत २३ गते । रातो तारा डट कम,उदयपुरमा काठ तश्करी बढेसँगै राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लाग्न शुरु भएको छ । लकडाउनको मौका छोप्दै काठ तश्करहरु वन फडानीमा संलग्न हुन थालेको वन कर्मचारीले बताएकाछन् ।

एक साता देखि जिल्लाको रामपुर, तपेश्वरी र मैनामैनी क्षेत्रमा तिब्र रुपमा वन फडानी भैरहेको छ । लकडाउनको बेला वन सुरक्षाकर्मी सक्रियता घटेसँगै वन फडानी तिब्र रुपमा हुन थालेको हो । वन सुरक्षाकर्मीले चार दिन अघि बेलका नगरपालिकास्थीत सप्तरीसँगको सिमाना रहेको वन क्षेत्रबाट लकडी तश्करीमा संलग्न दुई जनालाई पक्राऊ गरेको जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत जागेश्वर साहले बताए ।

त्यसैगरि एक दर्जन सामुदायिक वनको ५०० हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । कोरोना संक्रमणको महामारी कारण निर्मित लकडाउनको अवस्थामा सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलोको कारण वन क्षेत्रमा संयौको संख्यामा रुख जलेर नष्ट भएको सहायक वन अधिकृत साहले बताए ।

उनले डढलो लागेको जानकारी हुन साथ जिल्ला वन अधिकृत सहितको टोली परिचालीत भएर एक दर्जन बढी सामुदायिक वनमा लागेको आँगो निभाईएको बताए । हामीले अग्नि नियन्त्रक टोलीलाई आँगो  निभाउन परिचालन गरेका छौ ।’ उनले भने,‘ टोलीले डढेलो लागेको क्षेत्रमा गएर आँगो निभाउने काम गरि रहेको छ ।’

उदयपुरमा वर्षेनी लाग्ने डढेलोको कारण करौडौ रुपैया बराबरको क्षती हुन गाएको छ । जंगल अतिक्रमण गर्ने समूह, बन्यजन्तुको शिकार गर्न र गोठालोहरु द्धारा वन क्षेत्रमा डढेलो लगाउने गरिएको छ । उनले डढेलो लगाउने कार्यमा संलग्न व्यक्तिको स्थानीय सामुदायिक वनका उपभोक्तालाई परिचालनगरि खोजी कार्य शुरु गरिएको बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.