Websoft University

सैनामैनाका ११ वटै वडामा राहत वितरण


 काठमाण्डौ चैत २१ गते । रातो तारा डट कम,दैनिक ज्यालादारीमा काम गरेका विपन्न समुदायका परिवार छनौट गरेर ३० परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो । सैनामैना नगरपालिकाले ११ वटै वडा कार्यालयमा विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट दिने राहत सबै वडा कार्यालयमा पठाएको छ । सबै वडा कार्यालयका लागि १२० क्विन्टल चामल, १२ क्विन्टल दाल, १२ क्विन्टल नुन, एक हजार दुइसय लिटर तेल र एकहजार दुइसय थान साबुन पठाइएको छ । 

विश्वमा महामारीको रुपमा रहेको कोरोना भाइरस कारण मुलुकमा लकडाउन घोषणा भएपछि दैनिक ज्यालादारी गरेर छाक टार्ने समुदायलाई बिहान, वेलुका खान समस्या हुदै आएको छ । सैनामैना विपद् तथा प्रकोप व्यवस्थापन कोषका लागि अहिलेसम्म रु। ५ लाख ५२ हजार सङ्कलन भएको छ ।

त्यस्तै रुपन्देहीको कञ्चन गाउँपालिकामा पनि राहत बितरण आजदेखि शुरु भएको छ । गाउँपालिकाको वडा नं २ स्थित मटेरिया विद्यालयबाट विपन्न समुदायका परिवारलाई राहत बाड्न शुरु भएको अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जानकारी दिनुभयो । सो वार्डका २०६ जनाले राहत पाएका छन । उनीहरुलाई १५ किलोग्राम चामल, १ लिटर खाने तेल, १ किलोग्राम दाल, एक पोका नुन, एउटा हात धुने साबुन गाउँपालिकाको कोषबाट दिइएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । खास गरी मुसहर, हरुवाचरुवा, दैनिक ज्यालादरी गरेर छाक टार्ने हजार परिवारलाई राहत वितरण गर्ने बताइएको छ ।

सियारी गाउँपालिकाका करिब ७०० घरधुरीलाई पनि राहत बाँडिएको छ । गाउँपालिकाको वाड नं ४, १ र ३ मा आज राहत दिइएको हो । गाउँपालिकाले परिवारको सङख्या हेरेर १० देखि २० किलोग्राम चामल, २ किलोग्राम दाल, एक किलोग्राम नुन र हात धुने साबुन प्रदान गरेको अध्यक्ष अयोध्या थारुले जानकारी दिनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.