Websoft University

वातावरण संरक्षण तथा सामाजिक रुपान्तरण समाजद्वारा राहत हस्तान्तरण


शिव भट्टराई,मोरङ चैत २२ गते । रातो तारा डट कम, वातावरण संरक्षण तथा सामाजिक रुपान्तरण समाजसुन्दर हरैंचाले नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेकोछ ।

विश्वव्यापिरुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देश नै लकडाउनको अवस्थामा रहेका बेला विपन्न परिवारलाई प्रदान गर्ने गरि समाजले नगरपालिकालाई राहत  स्वरुप चामल हस्तात्रन्तरण गरेको हो ।

समाजका सचिव होमनाथ पोखरेलको नेतृत्वमा, सुमन ढकाल, सरोज थापा र विजय तोलांगीसहितको टोलीले २ सय केजी चामल नगरपालिकाका मेयर शिवप्रसाद ढकाललाई हस्तान्तरण गरेको हो ।

वातावरण संरक्षण तथा सामाजिक रुपान्तरण समाज सुन्दरहरैंचाले हाल कोरोना भाइरससम्बन्धि सचेतना फैलाउनुका साथै मास्क वितरण कार्यक्रम समेत गर्दै आएको संस्थाका सचिव पोखरेलले जानकारी दिनुभयो । सुन्दरहरैंचा नगरपालिकालाई यतिबेला विभिन्न संघ संस्थाहरुले राहत सहयोग हस्तान्तरण गरिरहेका छन् ।

प्राप्त राहतलाई चाँडै वडामार्फत विपन्न परिवारको घर–घरमा पुर्याइने नगरपालिकाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.