Websoft University

अत्यावश्यक सामग्रीको स्वघोषणा नगरे पसल सिलबन्दी हुने



काठमाण्डौ बैशाख २ गते । रातो तारा डट कम, खाद्यान्न, एलपी ग्यासलगायत दैनिक उपभोग्य र अत्यावश्यक बस्तु विक्रीवितरण गर्नेले आफूसँग भएको सामान र मूल्यसूची  देखिने गरी स्वघोषणा नगर्नेलाई सरकारले पसलमा सिलबन्दी गरी कारबाही चलाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुर, चारवटै सुरक्षा निकायका प्रतिनिधि, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र उद्योग वाणिज्य महासङ्घ काठमाडौँका अधिकारी सम्मिलित बैठकले लकडाउनको मौका छोपेर सामानमा कालोबजारी र कृत्रिम अभाव हुन नदिन नयाँ रणनीति अपनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको समय बढ्नसक्ने सङ्केत गरेपछि त्यसको असर आम उपभोक्तामा पर्न नदिन बजार अनुगमन र नियमनलाई थप कडाइ गरिने भएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.