Websoft University

कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षण विराटनगरबाटै गरिने


विराटनगर, चैत २७ गते । रातो तारा डट कम,कोरोना भाईरस (कोभिड-१९) को शंकास्पद विरामीको नमूना परिक्षण विराटनगरबाटै गरिने भएको छ। कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परिक्षण गरिने भएको हो । 

विराटनगरबाट कोरोना परिक्षणका लागि आवस्यक तयारी गरिएको प्रदेश नंं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । परिक्षणका लागि आवस्यक उपकरणहरु र केमिकलहरु आज  हेलिकप्टरबाट विराटनगर आईपुगेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘संभवत भोलीदेखि परिक्षणको तयारी गरिएकोछ ।’ 

कोशी अस्पतालबाट नमूना परिक्षण शुरु भएपछि दैनिक करिव ९६ जनाको नमूना संकलन गर्न सकिने मन्त्री घिमिरेले बताउनुभयो । सुनसरीको धरानबाट दैनिक करिव २० जनाको सम्म नमूना संकलन भईरहेको उहाँले बताउनुभयो । नमूना संकलन गर्नुपर्ने संख्या बढेसँगै विराटनगरबाट पनि परिक्षण शुरु गर्न लागिएको सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो ।  

उहाँले भन्नुभयो,‘प्रदेश नं. १ का १४ जिल्लाबाट नमूना संकलन गरि धरान र विराटनगरमा परिक्षण गरिने छ ।’ विराटनगरबाट गरिने कोरोना परिक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याईएको वीर अस्पताल काठमाण्डौंका जेनेटिक साईन्टीस् तथा कोरोना परिक्षण विज्ञ समूहका वलराम गौतमले बताउनुभयो । 

यसैवीच भोलीदेखि प्रदेश नंं १ का क्वारेन्टाईनबाट ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिने भएको छ । भोली झापाको मेचीनगर र भद्रपुरमा नेपाली सेनाको क्वारेन्टाईनमा रहेकाहरुको आरडिटी शुरु हुने प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिनुभयो ।

आरडिटीका लागि प्राविधिकहरुलाई तालिम दिईसकीएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ आरडिटीमा शंकास्पद देखिएमा कोरोना परिक्षण हुनेछ ।’ उहाँका अनुसार पहिलो चरणमा ५ हजारको टेष्ट गरिने छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.