Websoft University

पाँचजना चिकित्सक बर्खास्तमा परे


काठमाण्डौ चैत २७ गते । रातो तारा डट कम,कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ । अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, नाक कान, घाँटी  विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा.प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो । उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाजिर नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.