Websoft University

कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मीको तलब कट्टा भएको छैनः स्वास्थ्य मन्त्रालय


काठमाण्डौ चैत २९  गते । रातो तारा डट कम,सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मीको तलब कट्टा नगरेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालय र मातहतका निकायमा कार्यरत कुनै पनि स्वास्थ्यकर्मीको पारिश्रमिक नकाटेको र काट्न पनि निर्देशन नगरिएकाले ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो । केही सञ्चार माध्यमले पारिश्रमिक पनि कटौती गरिएको भन्ने खालका समाचार सार्वजनिक भईरहेको सन्दर्भमा त्यसमा कुनै सत्यता नभएको उहाँको भनाइ थियो । विगत २४ घण्टामा कोभिड १९ सङ्क्रमितका आशङ्का गरिएकाहरूको कुल ६ सय ३० वटा नमुना परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण फेला नपरेको पनि डा देवकोटाको भनाइ छ । उहाँले वितेको २४ घण्टामा काठमाडौँमा ४ सय १ नमुना परीक्षणको रिर्पाेट आएको र काठमाडौँ बाहिर २ सय २९ वटा स्वाब नमूनाको रिर्पोट आएकोमा सबैमा सङ्क्रमण नभएको जानकारी दिनुभयो । अहिलेसम्म नेपालमा कुल नमूना परीक्षणको संख्या ३ हजार ५ सय २४ पुगेको मन्त्रालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.