Websoft University

बालबालिकालाई दिने नियमित खोप कार्यक्रम प्रभावित बन्न पुग्यो


श्याम राई,उदयपुर,गाईघाट,बैशाख २ गते । रातो तारा डट कम, लकडाउनको कारण उदयपुरमा नियमित खोप कार्यक्रम प्रभावित बन्न पुगेको छ । गर्भवती महिला र १५ महिना मुनिका बालबालिकालाई नियमित रुपमा पोलियो, दादुरा, निमोनिया, जापानीज ईन्सेफ्लाईटिक रोग विरुद्ध ११ प्रकारको खोप लगाउँदै आएकोमा सरकारले लगाएको लकडाउनको कारण उक्त कार्यक्रम बन्द गरिएको छ । जस्को कारण जिल्ला भरिका झण्डै ७ हजार ८ सय बालबालिका नियमित खोप लगाउनबाट बंचित भएकाछन् ।

कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभरि लकडाउन गरेको कारण खोप ढुवानीमा समस्या र खोपको भण्डारण नहुदा नियमित खोप कार्यक्रम बन्द भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मंत्रालयबाट खोप कार्यक्रम रोक्न कुनै परिपत्र नगरे पनि जन स्वास्थ्य कार्यक्रमले लकडाउनको कारण देखाउँदै नियमित खोप कार्यक्रम रोकेको जिल्ला जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

अहिले खोप ढुवानीमा समस्या र सामाजिक दुरी कायम गर्नु पर्ने भएकोले मंत्रालयको निर्देशन बेगर नै नियमित खोप कार्यक्रम रोकेका हौ ।’ सुवेदीले भने,‘ विभिन्न चरण पार गर्दै जिल्ला आईपुगेपछि मात्र खोपको सुरक्षित भण्डारण र वितरण लकडाउनको कारण हुन नसकेको उनले बताए ।’
जिल्ला भरी २ सय १० वटा खोप केन्द्र यति खेर ढुवानी समस्याले गर्दा खोप पु्याउन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अब नियमित खोप कसरी संचालन गर्न सकिन्छ भनेर मंत्रालयसँग समन्वय गरिने प्रमुख सुवेदीले बताए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.