Websoft University

बेरोजगार भएका तीन दर्जन मजदूरलाई व्यवसायीले गर आर्थिक सहयोग


काठमाण्डौ चैत २३ गते । रातो तारा डट कम,बुटवल कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बेरोजगार भएका तीन दर्जन मजदूरलाई यहाँका एक व्यवसायीले आर्थिक सहयोग गरेका छन ।

बुटवल उपमहानगरपालिका–११ कालिकानगरका रोडा–ढुङ्गा व्यवसायी वैभवलक्ष्मी सप्लायर्सका सञ्चालक सिद्धार्थ गुरुङले कालिकानगर क्षेत्रमा विभिन्न क्षेत्रमा मजदूरी गर्ने ३५ मजदूरलाई आज जनही रु पाँच हजार सहयोग उपलब्ध गराउनुभएको हो ।

लकडाउनले घर जान नपाएका र दैनिकरुपमा मजदूरी गर्ने काम बन्द भएपछि साँझ बिहान खानपिनका लागि खाद्यान्न जुटाउन नसकेको जानकारी पाएपछि सहयोग उपलब्ध गराएको व्यवसायी गुरुङले बताउनुभयो । ती मजदूर दाङ, बर्दिया, कैलालीलगायतका जिल्लाबाट बुटवल क्षेत्रमा आएर लामो समयदेखि मजदूरी गर्दै आएको उहाँले बताउनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.