Websoft University

राहत वितरण गरिएका फोटो तथा भिडियोहरु प्रचार नगर्न सरकारको निर्देशन


काठमाण्डौ चैत २७ गते । रातो तारा डट कम,लकडाउनका कारण समस्या परेकाहरुलाई राहत वितरण गरिएका फोटो तथा भिडियोहरु सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत् प्रचार नगर्न सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ । राहत वितरणको सस्तो प्रचार गरेर गरिबीको मजाक उडाइएको निष्कर्ष निकाल्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको हो । श्रमिक वर्ग, गरिब तथा विपन्न परिवारको लगत संकलन गरी उनीहरुलाई राहत बाँड्न सरकारले स्थानीय तहलाई जिम्मा दिएको छ । तर कतिपयले त स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षाका लागि लगाउने पीपीई लगाएर आफ्नो फोटो सामाजिक सन्जालमा राखेको पाइएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता वसन्त अधिकारीले बताउनुभयो । मन्त्रालयले सबै स्थानीय तहहरुलाई यस बारेको परिपत्र गरेको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.