Websoft University

गोदाम घर तथा विभिन्न ठाउमा आगलागी


बिराटनगर चैत २४ गते । रातो तारा डट कम,अन्दाजी ०२:४५ बजे जिल्ला मोरङ बिराटनगर म.न.पा.-३ स्थित बाबुराम ओझाको ईटाको वाल र टिनको छानो भएको गोदाम घरमा बिरगञ्ज बस्ने निषी अग्रवालले AST प्राईभेट कम्पनीको साबुन फ्याक्ट्रीमा प्रयोग हुने केमिकल गोदाम राखेकोमा उक्त केमिकल  गोदाममा अचानक आगालागी भएको भन्ने जानकारी प्राप्त हुनसाथ जिप्रका मोरङबाट प्रनि सहितको टोली खटि गई प्रहरी ,स्थानिय र दमकलको सहयोगमा उक्त आगो ०४:४५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको । मानबिय तथा चौपाया क्षति भएको  छैन ।

गुवाली घर तथा कुखुरा फर्ममा आगलागी  
मिति २०७६।१२।२३ गते अन्दाजी १९:१५ बजे जिल्ला मोरङ सुनबर्सी नपा-६ पटियापाडा बस्ने प्रेम पौडेलको जस्ताको छाना र टाटीबेराले बनेको १ तले धान राख्ने गोदाम छेउमा गहुँको थ्रेसर लगाउने क्रममा उक्त गहुँको भुस बाट अचानक आगलागी हुँदा छेउमा रहेको फुसको छानाले बनेको लोकल कुखुरा फर्म र फुसकै छाना भएको ग्वालीघर समेतमा आगलागी भएको भन्ने जानकारी प्राप्त हुन साथ तत्काल प्रचौ डाईनिया बाट प्रसनिको कमाण्डमा प्रहरी टोली खटिई गई स्थानियबासी र रंगेली नगरपालीकाको बारुण यन्त्रको सहयोगमा उक्त आगलागी ऐ. १९:४० बजे पुर्ण रुपमा नियन्त्रण भएको । उक्त आगलागी बाट ग्वालीघर, धान राख्ने गोदाम, गोदाम भित्र रहेको धान ४,००० केजि, मकै ८०० केजि, कुखुरा फर्म र फर्म भित्र रहेको लोकल कुखुरा ४० वटा समेत गरी अ.मु.रु. ११,००,०००।– (एघार लाख) बरावरको क्षति भएको । मानविय तथा चौपाय क्षती नभएको । 

वाख्राको गोठमा आगलागी :
मिति २०७६।१२।२३ गते अ.१५:१० बजे जिल्ला मोरङ सुन्दरहरैचा न.पा.९ सिसौघारी स्थित राजन श्रेष्ठको घर पछाडी रहेको टिनको छानो र काठले बनेको बाख्राको गोठमा मकै पोलेको आगोको झिल्कोबाट आगो सल्कन जादाँ गोठ र काठपात समेत पूर्ण रुपमा जलि अ.मू.रु.५०,०००/-(पचास हजार) बराबरको क्षति भएको, उक्त आगो स्थानिय बासी,नेपाल प्रहरी, दमकलको सहयोगमा ऐ.१५:३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.