Websoft University

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ पुग्यो


काठमाण्डौ चैत ३० गते । रातो तारा डट कम,थप तीन जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै नेपालमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ । यद्यपी गएरातिको जाँचमा कोरोना सङ्क्रमित भेटिएका ३ जना भारतीय नागरिक हुन् । उनीहरू ३७, ४४ र ५५ वर्षका रहेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । उनीहरुमध्ये एकजना दिल्ली र दुई जना उत्तर प्रदेशका बासिन्दा रहेको खुलेको छ । तीनैजना व्यक्तिको सम्पर्कमा आएकाहरूको बारेमा अभिलेख खोज्नका लागि विज्ञ टोली परिचालन गरिएको डा देवकोटाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ५ हजार १ सय ८४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । विभिन्न जिल्लामा अहिलेसम्म द्रुत रूपमा ३ हजार ३ सय २१ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । आजसम्ममा काठमाडौँ उपत्यकाभित्र १५ जना र उपत्यकाबाहिर ७० जना गरेर ८५ जना आइसोलेसनमा मन्त्रालयले जनाएको छ । देशभर ७ हजार ९ सय ७३ जना मानिस क्वारेन्टाइनमा रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.