Websoft University

उद्योग संगठन मोरंङ र मोरंङ व्यापार संघले विपन्न वर्गका लागि खाद्य सामाग्री सहयोग गरे


बिराटनगर चैत  २३ गते । रातो तारा डट कम,बिश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९)को बढ्दो प्रकोप र तिव्रतर संक्रमणको जोखिमबाट बच्न अवलम्बन गरिएको लक डाउनबाट विपन्न वर्गको दैनिकी संचालनमा परिरहेको कठिनाईलाई मध्यनजर गरी यस विषम परिस्थितिमा वाच्नु र वचाउनु पहिलो कर्तव्य हो भन्ने कुरालाई आत्मासात गर्दै नीजि क्षेत्रका तर्फबाट सामाजिक उत्तरदायित्व वहन गरी उद्योग संगठन मोरंङ र मोरंङ व्यापार संघले विपन्न वर्गका लागि खाद्य सामाग्री सहयोग प्रदान गरेको छ । 

सम्पूर्ण आर्थिक गतिविधि ठप्प हुदा दैनिक श्रम गरी परिवार पाल्ने वर्गलाई पर्न गएको अप्ठयोरो र वर्तमान असहज अवस्थामा सक्दो सहयोग पु¥याउनु नीजि क्ष्ँेत्रका दायित्व एवं कर्तव्य भएको कुरालाई आत्मासात गर्दै दुवै संस्थाले रु. २४ लाख वरावरको २ हजार १ सय प्याकेट खाद्य सामाग्री प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद अन्र्तगत कोरोना ९ऋयखष्म ज्ञढ० को संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग पु¥याउन स्थापना भएको प्रदेश नं. १ कोरोना जनसुरक्षा कोषलाई  हस्तान्तरण गरियो । जसमध्ये १ हजार ३ सय प्याकेट प्रदेश सरकार मार्फत ३ सय ५० प्याकेट विराटनगर महानगरपालिका, २ सय प्योकेट दुहवी नगरपालिका, १ सय २५ प्याकेट वुढीगंगा गाउपालिका र १ सय २५ प्याकेट कटहरी गाउपालिका मार्फत उपलब्ध गराइने छ ।  

उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरे, मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, दुवै संस्थाका पदाधिकारीहरुको उपस्थिीतिमा प्रदेश नं. १ का माननीय मुख्य मन्त्रीलाई शेरधन राईज्यूलाई मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गरिएको छ साथै  विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई पनि आजै विराटनगर महानगरपालिकाको कार्यालयमा हस्तान्तरण गरिएको थियो ।   

२०७६ चैत्र २३ गते, आईतवार
विराटनगर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.