Websoft University

मजदुरलाई खाद्यान्न सहयोग


काठमाण्डौ चैत २१ गते । रातो तारा डट कम,शैल्यशिखर नगरपालिकाले गोकुलेश्वर र बोहोरीगाउँका दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने डेढ सय परिवारलाई दाल, चामल, तेल लगायत राहात सामाग्री वितरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि खटिने कर्मचारीको तलबमा ५० देखि ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने लगायत निर्णय गरेको छ । मार्मा गाउँपालिकामा १०४ जनाका साथै दार्चुलामा २ सय मानिस क्वारेन्टाइनमा बसेका छन् । अधिकासं स्थानीय तहले मास्क निर्माण गरेर जनतालाई वितरण गरिरहेका छन् । कोरोना रोकथामका लागि मार्मा गाउँपालिकाले १५ लाख र शैल्यशिखर नगरपालिकाले २५ लाखको राहत कोष खडा गरेका छन् । लकडाउनको समयमा भारतका विभिन्न सहरबाट हिडेर झण्डै ९ सय मानिस सीमावर्ती बजार धार्चुला पुगेका छन् । सीमा बन्द भएकोले नेपाल प्रबेस गर्न नपाएका उनीहरुलाई धारचुला र जौलजिबीको पाँच ठाउँमा क्वारेन्टाइनमा राखिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.