Websoft University

भारतिय प्रधान मन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओली बिच टेलिफोनमा कुराकानी भयो



 काठमाण्डौ चैत २८ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गर्नुभएको छ । नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा आफूले भारतीय समकक्षी मोदीसँग छलफल गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिनुभएको हो । आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्ने र थप सहज बनाउने विषयमा पनि कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ । भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगको लागि आफूले मोदीलाई धन्यवाद दिएको ओलीले उल्लेख गर्नुभएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.