Websoft University

लकडाउन खुला भएको तीन दिनपछिमात्र देशभरका अदालत खुल्ने


काठमाण्डौ चैत २९  गते । रातो तारा डट कम,देशभरका अदालत लकडाउन खुला भएको तीन दिनपछिमात्र खुल्ने भएका छन् । सर्वोच्च अदालतले आज एक विज्ञप्ति जारी गर्दै लकडाउनको अवस्था समाप्त भएपछि अदालतको कामकारबाही व्यवस्थापन गर्न लाग्ने समयलाई मध्यनजर गरी तीन दिनपछि मुद्दाको नियमित सुनुवाई हुने जनाएको हो । यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो ।  बैशाख ३ सम्म अदालत बन्द गर्ने निर्णय सर्वोच्चले गरेको छ । वैशाख ३ पछि पनि सरकारले लकडाउन थपेमा सोही अनुरुप अदालत पनि बन्द हुने प्रवक्ता भद्रकालीले जानकारी दिनुभयो । बन्दकै बीच पनि बन्दी प्रत्यक्षीकरणको निवेदन तथा गम्भीर प्रकृतिका, कोभिड १९ सँग सम्बन्धित विषयका रिट निवेदनको दर्ता र सुनुवाई तथा पक्राउ अनुमति तथा जरुरी पक्राउ पुर्जीको काम निरन्तर रहने पोखरेलले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.