Websoft University

प्रदेश प्रमुख अधिकारीद्धारा कोरोना अस्पतालको अनुगमन


विराटनगर, चैत २४ गते । रातो तारा डट कम,प्रदेश नं। १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताउनुभएको छ । विश्वव्यापी
महामारीको रुप लिएको कोरोना भाईरस ९ कोभिड १० बनावटी विषय नभएकाले सवैलाई सुरक्षित रहन उहाँले आग्रह गर्नुभयो । 

एउटाले कमजोरी गरेमा अर्कोले पूर्ण गर्छ भन्ने विषय नभएकाले कमजोरी गर्ने वित्तिकै ठुलो नोक्सानी व्यहोर्नुपर्ने प्रदेश प्रमुख अधिकारीले बताउनुभयो । प्रदेश १ सरकारले निर्माण गरेको कोशी अस्पताल कोरोना उपचार केन्द्रको आज अनुगमन गर्दै प्रदेश प्रमुख अधिकारीले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिले अहिले सम्म गरेको कामको प्रशंसा गर्नुभयो । 

उहाँले भन्नुभयो,‘अहिले सम्मको काम राम्रो छ, उच्च मनोवलका साथ काम गर्न आग्रह गर्छु ।’ जनप्रतिनिधि समुदाय समक्ष पुग्ने भएकाले उच्च मनोवलका साथ काम
गर्नुहोला प्रदेश प्रमुख अधिकारीले भन्नुभयो ।  कोरोना भाईरस रोकथामका लागि प्रदेश १ सरकारले गरेको कामको सन्देश अन्य प्रदेशमा पनि राम्रो गएको प्रदेश प्रमुख अधिकारीले बताउनुभयो । 

सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मनोवल उच्च पार्नका लागि कुनै कसर बाँकी नराखेको प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराउनु भएको थियो । मन्त्री घिमिरेले स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष ध्यान दिएको बताउनुभयो ।

उहाँले स्वास्थ्यकर्मीको प्रोत्साहनको काम प्रदेश सरकारले गरेको जानकारी गराउनुभउएको थियो ।  कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले कोरोना अस्पतालका लागि ७÷७ दिनको समूह बनाएर कार्य विभाजन गरिएको प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराउनुभयो । 

उहाँले कोरोना अस्पतालको जनशक्ति व्यवस्थापनको काम भईरहेको बताउनुभयो । प्रदेश प्रमुख अधिकारीसँगै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक
विकास राज्य मन्त्री जयमाया गजमेरले कोरोना अस्पतालको अनुगमन गर्नुभएको थियो ।  

कोरोना अस्पताल ५० वेड क्षमताको रहेको छ । यसैविच सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज मेची अस्पतालको अनुगमन गर्नुभएको छ । संक्रमितको उपचारका लागि मेची अस्पतालमा २५ वेडको तयारी गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.